Sajhamanch Archive

‘द भ्वाइस अफ नेपाल’ सिजन २ को टप ४ मा पर्न सफल लिम्बुलाई सम्मान

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा by .

अर्जुनधारा । हिमालय टेलिभिजनको चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन २ को फाइनलिष्टमा पर्न सफल झापा अर्जुनधाराका बिकास लिम्बुलाई अर्जुनधारा नगरपालिकाले स्वागत र सम्मान गरेको छ ।

अर्जुनधारा –१ मा स्थायी घर भएका ‘द भ्वाइस अफ नेपाल’ सिजन २ को टप ४ मा पर्न सफल उनलाई बिहिबार नगरको सभाहलमा आयोजित एक कार्यक्रमका बीच सम्मान गरिएको थियो ।

कार्यक्रममा अर्जुनधारा नगरको भाषा, कला, साहित्य र संस्कृतिक प्रवद्र्धन समितिका संयोजक सुशिला सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख हरिकुमार राना रहेका थिए । कार्यक्रममा नगरका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरुको उपस्थिती रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *