Sajhamanch Archive

चरेससहित दुई जना पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by .

मकवानपुर ।  मकवानपुरमा दश किलो चरेससहित आज दुई जना पक्राउ परेका छन् ।

बाराको पचरौटा नगरपालिका वडा नं.७ का अरबिन्दकुमार पटेल र आदर्श कोतवाल गाउँपालिका वडा नंं.१ का सुत्लान मिया अन्सारीलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी भैँसेबाट खटिएको टोलीले उनीहरूलाई भीमफेदी गाउँपालिका वडा नं.२ बाट पक्राउ गरेको हो । बा ४० प ७२४० नम्बरको मोटरसाइकलमा चढेका उनीहरूबाट १० किलो २ सय ५० ग्राम चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ परेकामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *