Sajhamanch Archive

बस पल्टिँदा १७ जना घाइते

Published: in राष्ट्रिय समाचार, समाज by .

चितवन । चितवनको रत्ननगर नगरपालिका वडा नं.२ टाँडीस्थित राजमार्गमा बस पल्टिँदा १७ जना घाइते भएका छन्।

बाराबाट काठमाडौंतर्फ गइरहेको ना ७ ख ४७५५ नम्बरको बस बिहीबार राति दुर्घटना भएको हो। ४२ जना यात्रु रहेको बस सहचालक २६ वर्षीय क्षितिज तामाङले चलाएको प्रहरीले बताएको छ। सहचालक तामाङ फरार रहेका छन्।

दुर्घटनामा घाइतेमध्ये बाराको कलैया–२ का ३५ वर्षीय गौरीशंकर यादव, २१ का २४ वर्षीय रामबाबु यादव, गढीमाइ नगरपालिका–१ का ४४ वर्षीय मनोज शाह र भारत मोतिहारीका १८ वर्षीय खुसीलाल यादवको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। सामान्य घाइते भएका अन्यको भने टाँडीको बकुल्लर सरकारी अस्पतालमा उपचार भइरहेको जनाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *