Sajhamanch Archive

प्रसाईंले घरमै पुगेर गुरुङलाई दिए बधाई

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, समाज, by .

बिर्तामोड । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाइ संस्थाको निर्वाचनको मतपरिणम पछि निर्वाचित अध्यक्ष जलकुमार गुरुङलाई उप बिजेता ज्ञानुराम प्रसाईंले घरमै पुगेर शुभकामना दिएका छन् ।

प्रगतिशील समुहको नेतृत्व गरेका प्रसाईंले लोकतान्त्रिक समूहका बिजयी अध्यक्ष जलकुमार गुरुङ लाई भेटेर शुभकामना तथा बधाई दिएका हुन् ।

यस्तै प्रसाईंले आफ्नो सामाजिक संन्जाल मार्फत धन्यवाद ब्यक्त गरेका छन् ।उनले आफ्नो फेसबुकमा लेखेका छन् ।लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन हो ,खानेपानी तथा सरसफाइ संस्थाको निर्वाचनमा म लगायत मेरो टिमलाई गर्नुभएको मतदान, सहयोगको लागि धन्यवाद,समाज रुपान्तरणका लागि मेरो गतिविधि र सक्रियता निरन्तर हुनेछ,निर्वाचनमा पराजय भए पनि मैले गरेका प्रतिबद्धता पूरा गर्न नव निर्वाचित कमिटीले सहयात्रा गरे ती सबै प्रतिबद्धता पूरा हुने बिश्वास व्यक्त गर्दछु ,सबै संचारकर्मी ,सहयोगी,सुरक्षाकर्मी,कर्मचारी ,प्रतिनिधी,उपभोक्ता,मतदाता लगायत सबैमा हार्दिक धन्यवाद,तथा कृतज्ञता ब्यक्त गर्दछु, धन्यवाद ।

प्रसाईं लामो समय देखि सामाजिक र राजनीतिक क्षेत्रमा कार्य गर्दै आएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *