Sajhamanch Archive

कारको ठक्करबाट साइकल यात्रीको ज्यान गयो

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । पश्चिम नवलपरासीको सुन्दरबस्तीस्थित महेन्द्र राजमार्गमा कारको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ ।

सुनवल नगरपालिका वडा नं.१३ सुन्दरबस्तीस्थित महेन्द्र राजमार्गमा बा.१३ च ७४८८ नम्बरको कारले बिहीबार राति साइकललाई ठक्करदिँदा सन्तपुर बस्ने २८ वर्षीय रमेश शाहीको मृत्यु भएको हो ।

कारको ठक्करबाट गम्भीर घाइते भएका शाहीको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । कार र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *