Sajhamanch Archive

मुस्ली प्रहार गरी राईको हत्या

Published: in राष्ट्रिय समाचार, समाज by .

खोटाङ । आपासी विवादका क्रममा कुटाकुट हुँदा खोटाङमा एक जनाको मृत्यु भएको छ।

बिहीबार राति भएको झगडाका क्रममा खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नं.७ महादेवस्थान गैरीगुठका २४ वर्षीय रमेश राईको मृत्यु भएको हो।

हलेसी तुवाचुङ नगरपालिका वडा नं.९ सल्ले तल्लोचिचिङ्गाका अशोक राई, बलराम राई र बबिन राईको समूहले टाउकोमा मुस्ली प्रहार गर्दा गम्भीर घाइते भएका राईको प्राथमिक उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बामदेव गौतमले बताए।

मुस्ली प्रहारले टाउकोमा गम्भीर चोट लागेका राईको हलेसीकै एक क्लिनिकमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

भूकम्प पुनर्निर्माण अन्तर्गतको घर निर्माणको काम गरेर फर्कँदै गरेका रमेश र अन्य तीन जनाबीचमा बाटोमा सामान्य विषयमा भनाभनबाट कुटाकुट सुरु भएको जानकारी सुन्नमा आएको हलेसी तुवाचुङ नगरपालिकामा मेयर इवन राईले बताए।

घटनामा संलग्न रहेका अशोक राई, बलराम राई र बबिन राई भने फरार छन्। घटनाका विषयमा अनुसन्धान र फरारहरूको खोजीका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटाइएको छ।

थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *