Sajhamanch Archive

पत्रपत्रिका वर्गीकरणमा विभेद गरिएको भन्दै पत्रकारहरुको धर्ना

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । पत्रपत्रिका वर्गीकरणमा विभेद गरिएको भन्दै आन्दोलनरत पत्रकारहरुले प्रेस काउन्सिल नेपालमा धर्ना दिएका छन् ।

पत्रकारहरुले प्रेस काउन्सिल शुद्धीकरण अभियान र पत्रपत्रिका वर्गीकरणमा गरिएको विभेद विरुद्ध आफुहरुले राखेको माग सम्बोधन नभएको भन्दै शुक्रबार धर्ना दिएका हुन् । उनीहरुले काउन्सिलका अध्यक्षको कार्यकक्षमा तालाबन्दी समेत गरेका छन् ।

धर्ना कार्यक्रममा आन्दोलनरत केन्द्रिय संघर्स समितिका संयोजक दिपक पाण्डेले प्रेस काउन्सिलले वषौंदेखि गर्दै आएको अन्याय र अत्याचारको निर्मुल गर्ने अभियानमा आन्दोलन गर्नुपरेको थियो । उनले काउन्सिलमा आफना मागहरु सहितको ज्ञापनपत्र बुझाउँदा समेत छलफलका लागि नबोलाइएको भन्दै पत्रकारहरुको वर्गिकरण गर्न नहुने बताए । उनले पत्रिका वर्गिकरणको नाउँमा स्रोत र साधनको दोहन गरिएको समेत बताए ।

आन्दोलनरत पत्रकारहरुले प्रेस काउन्सिलले आचारसंहिताको नाउँमा गरेको खर्च पत्रकारहरुको हितमा नभएको आरोप समेत लगाएका छन् । उनीहरुले प्रेस काउन्सिललाई पत्रकारहरुको साझा संस्थाको रुपमा विकास गर्नेगरी वातावरण निर्माण गर्न समेत माग गरेका छन् ।

रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *