Sajhamanch Archive

भिमफेदी गाइजसँग केकीको ठुम्का (भिडियो)

Published: (Updated: ) in टिप्स/जानकारी by .

आउँदो माघ २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको अभिनेता विपिन कार्की स्टारर फिल्म ‘सेल्फी किङ’ को पहिलो गीत सार्वजनिक भएको छ ।

‘जाली रुमाल’ बोलको लोक फ्लेवरको गीतमा अभिनेत्री केकी अधिकारी र चर्चित डान्स ग्रुप भिमफेदी गाइजको नृत्य छ । बि पाण्डेको शब्द र सुवास भुषालको संगीत रहेको गीतमा अञ्जु पन्त र पुरुषोत्तम प्रधानको स्वर छ ।

गीतको अडियो निकै बलियो छ । गीतको भिडियोमा केकीलाई नेपाली फिल्मकी अभिनेत्रीको रुपमा नै चित्रण गरिएको छ, जो नृत्य प्रस्तुत गर्नका लागि सोलुखुम्बु पुगेकी हुन्छिन् । यो गीत फिल्ममा कथाको माग रहेको निर्देशक विशाल सापकोटाले बताए । उनले यही फिल्मबाट निर्देशनमा डेब्यू गरेका हुन् । दिनेश राउत र सुवास थापाले फिल्मको निर्माण गरेका हुन् ।

ड्रामेडी जनरामा निर्माण भएको फिल्ममा विपिनका अलवा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, जीवन भट्टराईलगायतका कलाकारको अभिनय छ । ‘सेल्फी किङ’ को नामले परिचित एक हाँस्यकलाकारले कला यात्राको दौरान आफूले पाएको सफलता र व्यक्तिगत जीवनबीचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा फिल्मले भन्छ ।

फिल्ममा विपिन र लक्ष्मी श्रीमान्श्रीमतीको भूमिकामा छन् । राजेश बिसुराल र प्रवल कोइराला सह-निर्माता रहेको फिल्मलाई सुशन प्रजापतिले खिचेका हुन् । जीवन थापाको सम्पादन रहेको फिल्ममा निर्मल कुमार लामाको कोरियोग्राफी छ । यसअघि सार्वजनिक भएको फस्टलुक पोस्टर र टिजरमा देखिएको विपिनको भिन्न लुक्सले यो फिल्मलाई दर्शकमाझ प्रतिक्षीत बनाएको छ ।

फिल्मीखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *