Sajhamanch Archive

भद्रपुरमा सडकमा खनिएको नालामा डुबेर बालिकाको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

भद्रपुर । झापामा निर्माणाधिन सडकको नालामा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

झापाको चारआली – केचना सडक खण्डमा खनिएको नालमा डुबेर बालिकाको मृत्यु भएको हो । मृत्यु हुनेमा भद्रपुर नगरपालिका १ हिमाली चोक निवासी राजु तामाङको अढाई बर्षीया छोरी रेविका तामाङ रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

उनका अनुसार बुधवार बेलुका ७ बजे घर छेऊ खनिएको सडक नालामा जमेको पानीमा बालिका डुबेको अवस्थामा स्थानीयले देखेका थिए। डुबेर बेहोस भएका बालिकालाई उपचारका लागि मेची अञ्चल अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो।

बालिका खेल्ने क्रममा नालामा पुगेको हुन सक्ने प्रहरीको अनुमान छ। यता बालिकाको खनिएको नालामा डुबेर मृत्यु भएपछि आफन्तजन तथा स्थानीय आक्रोसित बनेका छन् । सम्बन्धित निकायले उचित क्षतिपूर्तिसहित नाला नपुरे विरोधमा उत्रिने जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *