Sajhamanch Archive

नेपाली सेना चढेको बस दुर्घटना

Published: in राष्ट्रिय समाचार, समाज by .

कावासोती । पूर्वी नवलपरासीको पुरानो कावासोती बजारमा नेपाली सेना चढेको बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

सुर्खेतबाट काठमाडौं जाँदै गरेको नेपाली सेनाको टोली सवार ना ६ ख ४०४ नम्बरको बस आज बिहान ३ बजेतिर दुर्घटनामा परेको हो ।

दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते हुनेमा प्रेमबहादुर खत्री र विरेन्द्र शाही छन् । उनीहरुलाई थप उपचारका लागि चितवन पठाइएको छ ।

अन्य घाइतेहरुको मध्यविन्दु जिल्ला अस्पताल र कालीगण्डकी अस्पतालमा उपचार भइरहेको छ ।

नेपाली सेनामा भर्ना छनौट भएर थप तालिमका लागि काठमाडौं जाँदै गरेकाहरु दुर्घटनामा परेका हुन् । बस अनियन्त्रित भएर सडकबाट तल खसेको छ । बसमा ४० जना सवार थिए ।

 

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *