गौरीगञ्जको गोलपोष्टमा बाह्रदशीको ७ गोल
Published: (Updated: )
by .सुरुङ्गा । झापाको कनकाई नगरपालिका स्थित कनकाई माविमा जारी चौथो कनकाई कप फुटबल प्रतियोगिताको दोस्रो आइतवारको खेलमा बाह्रदशी गाउँपालिकाले फराकिलो जीत निकालेको छ ।
बाह्रदशीले गौरीगंज गाउँपालिकालाई १ का बिरुद्ध ७ गोलले हराएको हो । बाह्रदशीका लागि गणेश हेमरमले एक्लै ४ गोल लगाएर खेलको म्यान अफ दी म्याच समेत भए । उनलाई समाजसेवी पदम उप्रेतीले नगद पुरस्कार प्रदान गरेका थिए । बाह्रदशीका लागि अमृत मुर्मुले २ गोल र श्याम मुर्मुले १ गोल गरे । गौरीगंजका लागि एकमात्र शान्तना गोल खेलको २६ औ मिनेटमा प्रविन विकले गरे । सोमवारको खेल बिर्तामोड नगरपालिका र शिवसताक्षी नगरपालिकाविच रहने आयोजक कनकाई खेलकुद प्रतिष्ठानका अध्यक्ष दुर्गा प्रसाईले बताए ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ११ हजार १ सय ११ र दोस्रो हुने टिमले ५१ ह्जार १ सय ११ रुपैँया पाउने छन ।
Comments