Sajhamanch Archive

अर्जुनधारामा अन्तरक्रिया

Published: (Updated: ) in विविधा by .

अर्जुनधारा । मानव अधिकार समुहको आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहयोगमा अर्जुनधारा नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवसका बिषयमा अन्तरक्रिया सम्पन्न भएको छ ।

वडा नं. ७ को कार्यालयमा सोमवार शिक्षा, स्वास्थ्य, खाद्य र आवसका बिषयमा सेवा प्रदायक र सेवाग्राही बीच अन्तक्रिया गरिएको हो ।
मानव अधिकार समुह अर्जुनधाराका अध्यक्ष चन्द्र सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा नगर प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यता रहेको थियो ।

स्वागत तथा कार्यक्रमको औचित्यमाथि अर्जुनधारा इन्सेक इन्चार्ज राजन साम्पाङले पारेको कार्यक्रममा इन्सेक झापा इन्चार्ज नरेश खातीले कार्यक्रमको उदेश्यका विषयमा जानकारी दिएका थिए ।

कार्यक्रममा नगरका पशुपन्छी मत्स्य तथा कछुवा विकास शाखाका प्रमुख पदमलाल राई, मानव अधिकार समुह अर्जुनधाराकी सदस्य सिता भारती, अर्जुन्धारा नगरपालिका वडा नं. ५ का अध्यक्ष ध्यानबहादुर भारतीलगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन मानव अधिकार समुह अर्जुनधाराकी सदस्य सुशिला गिरीले गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *