दश सेकेन्ड थामिन नसक्दा बिर्तामोड बिजयी
Published:
by .सुरुङ्गा । झापाको कनकाई नगरपालिका स्थित कनकाई माविमा जारी चौथो कनकाई कप फुटबल प्रतियोगिताको सोमवारको खेलमा शिवसताक्षी फुटबल क्लवलाई २— १ गोलअन्तरले हराउदै बिर्तामोड नगरपालिका बिजयी भएको छ ।
बिर्तामोडका तर्फबाट खेलको दोस्रो हाफमा सानुका लिम्बु र सनम राईले गोल गरे । शिवसताक्षीका तर्फबाट एक गोल मनिस योङहाङले भने प्रतियोगिताको तीनै गोल दोस्रो हाफमा भएको थियोे । खेलमा अग्रता भने शिवसताक्षीले बनाएको हो । खेल सकिन केही सेकेण्ड बाँकी रहँदा थपिएको समयमा बिर्तामोडले पाएको फाउल प्रहार शिवसताक्षीको गोलपोष्टमा प्रवेश गरेपछि बिर्तामोड बिजयी भएको हो ।
मंगलवारको खेल हल्दिवारी गाउँपालिका र कमल गाउँपालिकाविच हुने आयोजक कनकाई खखेलकुद प्रतिष्ठानका अध्यक्ष दुर्गा प्रसाईले बताए । अन्तिम समयमा गोल लगाउने बिर्तामोडका सनम राई म्यान अफ द म्याच घाषित भए । उनले नगद २ हजार रुपैँया प्राप्त गरे ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ११ हजार १ सय ११ र दोस्रो हुने टिमले ५१ हजार १ सय ११ रुपैँया पाउने छन । प्रतियोगिता कनकाई माविको खेल मैदानमा हुदै छ । प्रतियोगिताको प्रथम पुरस्कार कनकाई नगरपालिका र दोस्रो पुरस्कार झापा गउँपालिकाले प्रायोजन गरेको छ ।
Comments