Sajhamanch Archive

‘मस्ट पपुलर अवार्ड’नेपाल एयरलाइन्सलाई

Published: in राष्ट्रिय समाचार by .

 काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले ‘मस्ट पपुलर एयरलाइन्स अवार्ड’ पाएको छ ।

एयरलाइन्स कृटिज एन्ड ब्लगर एशोसिएसनले सन् २०१९ का लागि नेपाल वायु सेवा निगमलाई लोकप्रिय एयरलाइन्सको अवार्ड प्रदान गरेको हो ।

चार सय ५० भन्दा बढी एयरलाइन्स ब्लगर, रिभ्युअर, यात्रु र एभियसन पत्रकारहरुले गरेको समीक्षाका आधारमा नेपाल एयरलाइन्सलाई यो अवार्ड प्रदान गरिएको एशोसियसनका अध्यक्ष टिपियस ग्रोबरले जानकारी दिए ।

वायुसेवा कम्पनीका कर्मचारीले विमानस्थलमा यात्रुहरुलाई गर्ने व्यवहार, उडानका क्रममा क्रु-मेम्बरले गर्ने व्यवहार, यात्रु सेवा, इन्फ्लाइट खानाको गुणस्तर, मनोरञ्जन, सुरक्षित सेवा, आरामदायी सिट, मूल्यलगायत आधारमा यो अवार्ड प्रदान गरिन्छ । एशोसियसनले ४ वर्षदेखि पत्रकार, यात्रु तथा ब्लगरको समीक्षाका आधारमा अवार्ड प्रदान गर्दै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *