Sajhamanch Archive

नेविसंघ कचनकवल हाजिरीजवाफको उपाधी लक्ष्मीप्रसाद देवकोटा माविलाई

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज, by .

कचनकवल । नेपाल विद्यार्थी संघ कचनकवल कार्य समितिको आयोजनामा सोमबार अन्तर मावि स्तरिय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

कचनकवल गाउँपालिका वडा नं. ३ पथरीया माविमा आयोजना गरिएको उक्त प्रतियोगितामा लक्ष्मीप्रसाद देवकोटा मावि प्रथम भएको छ ।

१० वटा विद्यालयको सहभागिता रहेको उक्त प्रतियोगितामा लक्ष्मी मावि दोस्रो र विद्या निकेतन मावि तेश्रो भएको नेविसंघ झापा जिल्ला सचिव नारायण नेपालले जानकारी दिए ।

नेविसंघ कचनकवल सभापति सागर राजवंशीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति गणेश पोख्रेल रहेका थिए ।

उक्त कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सदस्य विजय रिजाल, नेपाली काङ्ग्रेसका महासमिति सदस्य भूमि राजवंशी, नेपाली काङ्ग्रेसका झापा क्षेत्र नं.३ प्रदेश “क” प्रदेश सभापति चिन्तामणी खरेल, नेविसंघ झापा जिल्ला सभापति राजेन्द्र उप्रेती, लगायतले आ-आफ्ना धारणा राखेका थिए ।

नेविसंघ झापा जिल्ला सचिव नारायण नेपालले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सन्चालन जिल्ला सदस्य निर्मल दाहालले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *