Sajhamanch Archive

बुद्धशान्ति गाउँपालिकाले सार्वजनिक सुनुवाई शुक्रवार गर्ने

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्थानीय तह, by .

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिकाले आउँदो शुक्रवार सार्वजनिक सुनवाई गर्ने भएको छ ।

बुद्धशान्ति गाउँपालिकाको कार्यपालिकाको बैठकको निर्णय अनुसार सार्वजानिक सुनवाई गर्ने मितिको तय गरेको गाउँपालिका प्रमुख प्रसाशकीय अधिकृत इन्द्रप्रसाद चापागाईंले बताएका छन् ।

सार्वजनिक सुनवाई कार्यक्रम बुधबारे स्थित स्थानीय रामजानकी मन्दिरको सभाहलमा शुक्रबार ११ बजेदेखिे हुने भएको हो । अढाई बर्ष सम्म सार्वजानिक सुनवाई हुन नसकेको अवस्थामा नयाँ प्रसाशकीय अधिकृत चापागाईंको योजना अनुरुप नै हुन लागेको हो ।

शुसासन ऐन २०६४को दफा ३० अनुसार सर्वसाधारणलाई सेवा प्रदान गर्ने प्रदेश तथा स्थानीय स्तरमा कार्य सम्पादन गर्ने कार्यलय प्रमुखले आफू बहाल रहेको कार्यलयको काम कार्वाहीलाई स्वच्छ, पारदर्शी र वस्तुनिष्ठ बनाउन र सर्वसाधारण तथा सरोकारवालाको कानुन सम्मत सम्बोधन गर्न तोकिए बमोजिम सार्वजानिक सुनवाई गराउनुपर्ने व्यवस्था रहेको जनाउँदै उनले यसै व्यवस्था अनुरुप सार्वजानिक सुनवाइको आयोजना गरेको बताए ।

उक्त सुनवाइको कार्यक्रममा सहभागिता भई आफना राय सल्लाह तथा सुझाव, गुनासोहरु राख्नसम्पुर्ण बुद्धशान्तिवासी, संघसंस्था, राजनितिक दलका प्रतिनिधि, शिक्षक, विद्यार्थी, क्लब, आमा समुह लगायतलाई गाउँपालिकाले आग्रह समेत गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *