Sajhamanch Archive

विप्लव समूहका केन्द्रीय सदस्य राई र जिल्ला इन्चार्ज थापा पक्राउ

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य देवान राई दीपेश र उदयपुर जिल्ला इन्चार्ज सुरेन्द्र थापा पक्राउ परेका छन् ।

उनीहरुलाई उदयपुरको कटारीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । केही समयअघि बसेको विप्लब नेकपाको बैठकले दीपेशलाई सांस्कृतिक विचलनको अभियोगमा निलम्बन गरेको स्रोतले जनाएको छ ।

यद्यपि पार्टीले उनीमाथिको कारबाहीबारे सार्वजनिक गरेको छैन । उनी प्रचण्ड नेतृत्वको माओवादी जनयुद्धकालमा जनमुक्ति सेनाको ब्रिगेड कमाण्डर थिए ।

 

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *