Sajhamanch Archive

सिरियामा हवाइ आक्रमण, २२ जनाको मृत्यु, दर्जनौं घाइते

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by .

सिरियामा भएको हवाइ हमलामा २२ जनाको मृत्यु भएको छ ।

इडलिब सहरमा रुसी समर्थक सरकारी सेनाले उत्तर पश्चिम सिरियाको विद्रोहीको अधिनमा रहेको सहरमा आक्रमण गरेको समाचारमा जनाइएको छ ।

सेनाले गरेको हवाइ हमलामा केही बालबालिकाको पनि मृत्यु भएको छ ।

सेनाले विद्रोहीमाथि कारवाही गर्न गरिएको भनिएको हमलाका कारण इरेली प्रान्तको मारो अल नुमान जिल्लाका दर्जनौ सहर र गाउँलाई निशान बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

आक्रमणका कारण टर्की नजिकै रहेका आन्तरिक रुपमा विस्थापित भएका नागरिकहरुसमेत शिविरबाट भाग्न बाध्य भएको बताइएको छ ।

आक्रमणलगत्तै उद्धारकर्मीहरुले घाइते र मृतकका शव एम्बुलेन्समा राखेर अस्पताल पठाउँदै गरेका दृष्य सामाजिक सञ्जालमा पोष्ट गरिएका थिए ।

गत अप्रिलमा टर्कीले सिरियाको सीमा क्षेत्रमा गरेको हवाइ हमलामा एक हजार भन्दा बढीको मृत्यु भएको थियो भने हजारौं सर्वसाधारण विस्थापित भएका थिए । (एजेन्सी)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *