‘ए’ डिभिजन लिग : मनाङ र एपीएफ भिड्दै, थ्रीस्टार पनि प्रतिस्पर्धामा
Published:
by .काठमाडौं । काठमाडौंमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजबाट पहिलो चरणको खेल सकिँदैछ । आज २ खेल भएपछि पहिलो चरणको खेल सकिनेछन् ।
अघिल्लो शनिबारबाट सुरु भएको उक्त लिगमा आज पनि २ खेल हुनेछन् । पहिलो खेल साढे १२ बजेबाट हुनेछ भने दोस्रो खेल साढे २ बजेबाट हुनेछ । पहिलो खेलअन्तर्गत रुस्लान थ्रिस्टार र जावलाखेल युथ क्लबले खेल्नेछन् । यो खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । उपाधि दाबेदार मानिएको थ्रीस्टारले आज जावलाखेलविरुद्ध जित निकाल्दै अंक जोड्ने दाउमा हुनेछ ।
यसैगरी आजको दोस्रो खेलमा साविकको विजेता मनाङ मर्स्याङ्दी क्लब र विभागीय टोली एपीएफले खेल्नेछन् । यो खेल भने दिउँसो साढे २ बजे दशरथ रंगशालामा हुनेछ । उपाधि दाबेदार मानिएका यी दुवै टोली सुखद सुरुआत गर्ने दाउमा हुनेछन् ।
मंगलबार पनि दुई खेल भएका थिए । पहिलो खेलमा न्यूरोड क्लब एनआरटीले सरस्वती युवा क्लबमाथि ४–० गोल अन्तरको जित निकालेको थियो भने दोस्रो खेल बराबरीमा रोकिएको थियो । दोस्रो खेलमा हिमालयन शेर्पा र विभागीय क्लब नेपाल पुलिसले गोलरहित बराबरी खेलेका थिए।
Comments