Sajhamanch Archive

बार्सिलोना र रियाल मड्रिडले बराबरी खेले

Published: in खेलकुद, राष्ट्रिय समाचार, विश्व समाचार by .

काठमाडौं । स्पेनिस लिग फुटबलमा बार्सिलोना र रियाल मड्रिडले गोलरहित बराबरी खेलेका छन् ।

बार्सिलोनाको मैदान नुओ क्याम्पमा गएराती भएको ‘एल क्लासीको’ बराबरीमा सकिएको हो ।

दुबै टोलीले एक एक अंक बाँडेपछि अंक तालिकामा साविक विजेता बार्सिलोना शीर्ष स्थानमा यथावत छ ।

गोल अन्तरका आधारमा रियाल मड्रिड दोस्रो स्थानमा छ । दुवै क्लबले १७ खेलबाट समान ३६ अंक जोडेका छन् । तेस्रो स्थानको सेभियाको ३१ अंक छ ।

रियाल मड्रिड र बार्सिलोनाबिचको यो भिडन्त गत अक्टोबर २६ मा तय थियो ।

तर स्वतन्त्र क्याटालोनियाको माग गर्दै बार्सिलोना शहरमा राजनीतिक प्रर्दशन चर्किएपछि खेल रद्द गरिएको थियो ।

गएरातीको खेलमा उच्च सुरक्षा सतर्कता अपनाइएको थियो भने दुबै टोलीका खेलाडीहरुलाई एउटै होटलमा राखिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *