Sajhamanch Archive

‘दबंग ३’ बाट हटाइयो विवादित दृश्य

Published: (Updated: ) in टिप्स/जानकारी, विश्व समाचार by .

दबंग ३ को शीर्ष गीतका केही दृश्यले हिन्दु धर्मको भावना ठेस पुर्‍याएको भन्दै आपत्ति प्रकट भएपछि निर्माण पक्षले स्वेक्षिकरूपमा गीतबाट ती दृश्यहरू हटाएको छ।

गीतको एक दृश्यमा साधुको भेषमा कलाकारहरूलाई नाच्दै गरेको देखाइएपछि ती समूहहरूले आपत्ति जनाएका थिए।

सलमानको आधिकारिक ट्विटरबाट गीतबाट ती दृश्यहरू हटाइएको जानकारी दिइएको छ।

गीत रिलिज भएपछि नोभेम्बर २९ मा महाराष्ट्र र छत्तिसगढमा रहेको हिन्दु जनजागृति समितिु नामक संगठनले भारतीय सेन्सर बोर्डलाई एक पत्र लेख्दै ती दृश्यले धार्मिक भावनामा ठेस पुर्याउने भएकाले हटाइनुपर्ने माग राखेका थिए।

एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *