Sajhamanch Archive

ग्लोरी बाल क्लबको अध्यक्षमा बजगाई

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, by .

बिर्तामोड । बिर्तामोड ४ मा रहेको ग्लोरी इङलिस स्कुलमा रक्षा बजगाईंको अध्यक्षतामा ग्लोरी बालक्लब गठन गरिएको छ ।

यसैगरी क्लबको उपाध्यक्षमा दर्शन ओलि ,सचिव उषा सुवेदी, सह-सचिव, अरिफा अज्जल ,कोषाध्यक्ष डाईना केरुङ्ग रहेका छन।

यस्तै सदस्यहरुमा गरिमा नेपाल,अंकित ओलि,श्रेया राजबंशी ,प्रनिशा पोख्रेल ,तृप्ती दाहाल,दिपिका अधिकारी ,रचना उप्रेती ,करिन खड्का ,रितिक यादब ,रोहन विष्ट,कंन्चन सुवेदी ,सुरज थापा,साइमन बस्नेत,बिप्लब गुरुङ ,सन्ध्या शाह चयन भएका छन ।

यस्तै क्लबले सल्लाहकार समिती समेत गठन गरेको छ , सन्तोष प्रसाईं संयोजकत्वमा शिक्षक बिना लिम्बू र पुन्य सुवेदी रहेका छन्। २१ सदस्यीय नवगठित क्लबको संरक्षकमज विद्यालयका सह प्रधानाध्यपक सान बहादुरबस्नेत र सल्लाहकार संयोजक प्रसाईंले सयुक्त रुपमा क्लबका अध्यक्ष बजगाईलाई माइन्युट हस्तान्तरण गरेका थिए।

नवगठित क्लबलाई आगामी दिनमा रचनात्मक रुपमा काम गर्ने अध्यक्ष बजगाईले प्रतिबद्धता गरिन ,संयोजक प्रसाईले आगामी दिनमा बिद्यालयले गर्नु पर्ने सहयोग सबै गर्ने बताए।

यस्तै संरक्षक बस्नेतले विद्यार्थीका हरेक गतिविधिमा बिद्यालय बाधक होईन सारथि बन्ने बताउदै रचनात्मक कार्य गर्न आग्रह गरे।

प्रशिक्षक सरोज पौडेलले सहजीकरण गरेको कार्यक्रमको सञ्चालन सचिव उषा सुवेदीले गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *