शरणामतीमा अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
Published: (Updated: )
by .सुरुङ्गा । झापाको झापा गाउँपालिका शरणामतीमा आगामी पुस १४ गतेदेखि १९ गतेसम्म प्रथम अध्यक्ष कप प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुने भएको हो ।
झापा गाउँपालिकाको आयोजनामा हुने सो प्रतियोगितामा झापाका १० गाउँपालिकासहित प्रदेश नम्बर एकका २४ पालिकाहरुको सहभागिता रहने प्रतियोगिता आयोजक समितिका अध्यक्ष गजेन्द्र ताम्ली लिम्बुले शनिवार सुरुङ्गाको एसपी क्याफेमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिए ।
प्रतियोगितामा प्रथम र दोस्रो तेस्रो र चौथो हुने टिमले क्रमशः नगद १ लाख १ हजार १ सय ११ र ७१ हजार १ सय ११, २१ हजार १११ र ११ हजार १११ पाउने तथा प्रतियोगितामा उत्कृष्ट डिफेन्ज, स्पाइकर, ब्लकर, सर्भर, लिफ्टरलाई क्रमशः नगद ५ हजारका दरले नगद प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
प्रतियोगिता स्थानीय जनता माविको खेल मैदानमा संचालन हुने समेत जानकारी गराइएको हो । प्रतियोगिता संचालनका लागि झापा गाउँपालिकाले ४ लाख रुपैँया सहयोग गरेको र प्रतियोगितामा जम्मा ७ लाख रुपैँया खर्च हुने समेत जानकारी गराइएको थियो । पत्रकार सम्मेलनमा झापा गाउँपालिका वडानम्बर ६ का वडाध्यक्ष हरिप्रसाद बानिया, भलिबल संघ नम्बर एकका सचिव लेखनाथ पराजुली लगायातले खेलले खेल पर्यटन र स्थानीय खेलाडीको क्षमता बढाउने बताए ।
Comments