Sajhamanch Archive

अतिक्रमित भूमि फिर्ता ल्याउन सरकारले गरिरहेको पहलबारे सदनलाई जानकारी गराउन कांग्रेसको माग

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले भारतबाट अतिक्रमित भूमि फिर्ता ल्याउन सरकारले गरिरहेको पहलबारे सदनलाई जानकारी गराउन माग गरेको छ ।

राष्ट्रियसभाको आज बसेको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद बद्री पाण्डेले सीमा अतिक्रमणविरुद्ध सिंगै नेपाल एकाकार भएको बताए ।

सर्बदलीय बैठकमा सबैले भारतसँग राजनीतिक स्तरमा वार्ता गर्ने जिम्मा सरकारको हो भनेर प्रधानमन्त्रीको हात बलियो बनाएको भए पनि सरकारले त्यसअनुसार प्रयास गरेको नदेखिएको उनले बताए ।

‘जुन बेला नाकाबन्दी भएको थियो । तत्कालीन प्रधानमन्त्रीको हैसियतले वर्तमान प्रधानमन्त्रीले जे कुरा राख्नु भएको थियो, त्यसको नेपालीहरुले प्रशंसा गरेका थिए’ कांग्रेस सांसद पाण्डेले भने, त्यो बेलाभन्दा संवेदशनशील अवस्था छ अहिले । त्यसबेला आगो ओकल्न तत्पर हुनु भएको प्रधानमन्त्री अहिले मौनता किन साँधिरहनु भएको छ ? किन राजनीतिक तहमा वार्ता गर्ने कोसिस गरिँदैन ?’

यसबारे प्रधानमन्त्रीले संसदलाई जवाफ दिनुपर्ने कांग्रेस सांसदको माग छ । उनले भने, प्रधानमन्त्रीले के गरिहरनु भएको छ, परराष्ट्र मन्त्रालयले के गरिरहेको छ ? सरकार अन्य निकायले के गरिरहेका छन् । सदनमै आएर प्रधानमन्त्रीले जवाफ दिनुपर्छ ।’

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *