Sajhamanch Archive

ब्राउन सुगरसहित युवक पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

सिरहा । सिरहा प्रहरीले ब्राउन सुगरसहित एक युवकलाई नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको गस्ती टोलीले गोलबजार नगरपालिका वडा नं.१० धर्मपुरका २५ वर्षीय संजय मुखियालाई ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा पुगेको प्रहरीले गोलबजार १० कै धर्मपुर बुद्धचोकबाट बिक्रीगर्न बसेका मुखियाको साथबाट प्लाटिकका १४ वटा पोकाबाट अन्दाजी १ ग्राम १ सय मिलिग्राम ब्राउन सुगर बरामद गरेको डिएसपी सन्तु जयसवालले जानकारी दिए ।

पक्राउ परेका मुखियालाई आजै जिल्ला अदालत सिरहाबाट म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *