Sajhamanch Archive

नक्कली नेपाली रुपैयाँसहित चार जना पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

भक्तपुर । प्रहरीले नक्कली नेपाली रुपैयाँसहित मध्यपुर थिमि १ लोकल्थलीबाट चारजना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बंगलादेशको नेत्रकुना घर भई हाल मध्यपुर थिमि १ लोकल्थलीस्थित लक्ष्मी सिलाई केन्द्रमा कार्यरत ४१ वर्षीय अलि अहमद, २१ वर्षीय रोबेल मिक्दा र २१ वर्षीय महमद उल्लाहा र बंगलादेशको फरिदपुर घर भएका २६ वर्षीय सुनम खान छन्।

सुमनलाई काठमाडौं पेप्सीकोला टाउन प्लानिङमा लुकिछिपी बसिरहेको अवस्थामा र बाँकी तीन जनालाई लोकल्थलीस्थित डेराबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक विक्रमकुमार थापाले जानकारी दिए।

प्रहरीले उनीहरूको साथबाट १८ थान एक हजारका नक्कली नोट समेत बरामद गरेको छ। प्रहरीका अनुसार फरार अभियुक्त खानले गत बिहीबार मध्यपुर थिमि १ लोकल्थलीस्थित परिधि गिफ्ट सपबाट दुई हजारको सामान खरिद गरेका थिए।

सो क्रममा खानले दिएको एक हजारका दुई वटा नोट शंका लागि जाँच गर्दा नक्कली भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। तत्काल प्रहरी घटनास्थल पुगेर अनुसन्धान गर्ने क्रममा सुमन खान फरार भएको र उनको कोठामा खानतलासी गर्दा १६ थान नक्कली एक हजारका नोट बरामद भएको प्रनाउ थापाले बताए।

सोही क्रममा खानसँगै एउटै कोठामा बस्दै आएका तीन बंगलादेशी नागरिकलाई समेत पक्राउ गरिएको उनले जानकारी दिए। पक्राउ परेका चारै जनालाई मुद्रासम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *