Sajhamanch Archive

हङकङ प्रहरीद्वारा आन्दोलनकारीमाथि थप कडाइ, पेट्रोल बम प्रहार

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by .

काठमाडौं । ६ महिनादेखि जारी सरकार विरोध प्रर्दशन नरोकिएपछि हङकङ प्रहरीले आन्दोलनकारीमाथि थप कडाइ गर्न थालेको छ ।

प्रजातन्त्रको समर्थकहरुले जारी राखेको आन्दोलन हिंसात्मक बन्दै गएपछि प्रहरीले बल प्रयोग गर्दा पछिल्लो ६ महिनामा दर्जनौं घाइते भएका छन् ।

क्रिकमसको पूर्वसन्ध्यामा प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले बल प्रयोग गरेको छ ।

अन्दोलनकारीले सुरक्षाकर्मीलाई लक्षित गरी पेट्रोल बम प्रंहार गरेपछि प्रहरीको दमन बढेको अन्तर्राष्ट्रिय सञ्चारमध्यमहरुले जनाएका छन् ।

विवादास्पद विधेयकको विरोधमा सुरु भएको आन्दोलनका क्रममा प्रहरीले गरेको अत्याधिक दमकको छानविन गर्न माग गर्दै पछिल्ला दिनहरुको प्रदर्शन हुन थालेको बताइएको छ ।

केही आन्दोलनकारीहरुले क्रिसकमको समयमा प्रदर्शन गर्न नहुने बताएका थिए ।

तर आन्दोलनकारीले बैंक तथा निजी व्यापारीक भवनहरुमथि तोडफोड गर्न थालेपछि त्यसको सुरक्षाका लागि बल प्रयोग गर्नुपरेको सुरक्षाकर्मीको दावी छ । (एजेन्सी)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *