Sajhamanch Archive

शिक्षा बहुउद्देश्यीय साकोसको साधारणसभा, पत्रकार शर्मासहित दर्जन बढी सम्मानित

Published: (Updated: ) in राष्ट्रिय समाचार, सहकारी by .

बिर्तामोड । झापा जिल्लाभर कार्यक्षेत्र रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाको सातौं साधारणसभा आज बिर्तामोडमा सम्पन्न भएको छ ।

झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यमा आयोजित साधारण सभामा संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले सञ्चालक समितिको तर्फबाट वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका दिए ।

उक्त साधारणसभाको अवसरमा संस्थाले पत्रकार सन्तोष शर्मासहित दर्जन बढी शेयर सदस्यहरु र बचत कारोबारीहरुलाई सम्मानित गरेको थियो ।

साधारण सभाको अवसरमा कार्यक्रमका प्रमुख अतिथि झापा जिल्ला सहकारी संघका अध्यक्ष ढकालले शिक्षा बहुउद्देश्यीय सहकारीे सामाजिक ,व्यवसायिक,कार्यक्षेत्र, सदस्य विस्तार वित्तीय क्षेत्रका हिसाबले सफल हुँदाहुँदै पनि समितिभित्र सा-साना मन मुटाव भएको बुझ्यो त्यसैले सो समस्यलाई समाधान गर्न आजै सबै साथीहरुलाई एकै ठाउँमा राखेर विषय के रहेछ भनेर टुङगोमा पुग्नेगरी हामीले छलफल चलायौं र हिजाको दिनमा संस्थालाई सहयोग नगर्ने साथीहरुलाई भोलिका दिनमा सहयोग गर्ने वातावरण श्रृजना गरेको बताए ।

सो कार्यक्रममा बोल्दै बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहालले संस्था हरेक तवरले सफल भएपनि बाह्य ऋण बढी देखिएकाले त्यसलाई कम गर्न सञ्चालक शेयर सदस्यहरुलाई शेयर वृद्धि र बचत वृद्धिमा ध्यान दिन आग्रह गरे । साथै उनले संस्थाका हिजोका गल्त कमजोरी छन् भने आजै साथीहरुले त्यसलाई धोइपखाली गरे संस्थालाई मजबुत दिशामा लै जानू पर्ने बताए ।

उक्त कार्यक्रममा हाम्रो नेपाल साकोसका अध्यक्ष भवानीप्रसाद दङगाल,संस्थाका सल्लाहकार समिति संयोजक ज्ञानुराम प्रसाईंले आ- आफ्ना धारणा राखेका थिए ।शिक्षा बहुउद्देश्यीय साकोसको साधारणसभा, पत्रकार शर्मासहित दर्जन बढी सम्मानित

संस्थाका सदस्य चीजा राईले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव दीपेश धौरालीले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *