Sajhamanch Archive

टिप्पर दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

काठमाण्डौ । काठमाण्डौको तारकेश्वर नगरपालिकामा टिप्पर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

टिप्पर दुर्घटनामा मकवानपुर घर भइ काठमाण्डौको कलंकी बस्दै आएका टिप्पर चालक माइला लामा भनिने र धादिङ गल्छीका कमल तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।

बा २ क ३३८ नम्बरको टिप्पर काठमाण्डौबाट फोहोर लिएर नुवाकोटको सिसडोलतर्फ जाँदै गर्दा पल्टिएको हो ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *