Sajhamanch Archive

कमल गाउँपालिकामा विनियोजित रकम शतप्रतिशत खर्च

Published: in अर्थतन्त्र by .

कमल । आर्थिक वर्ष २०७४÷ ०७५ सकिन केही दिनमात्र बाँकी रहँदा स्थानिय तहले विनियोजित गरेको रकम मध्ये कुनै गाउँपालिकाले शतप्रतिसत खर्च गरेका छन् भने कतिपय गाउँपालिकाको विनियोजित रकम खर्च गर्न सकेका छैनन् ।

यसरी सबै रकम खर्च हुनमा निर्वाचित जनप्रतिनिधीको सक्रियताका साथै भौगोलिक अवस्था रहेको छ । कतिपय गाउँपालिकाको भौगोलिक अवस्थाका कारणले पनि सबै रकम खर्च नभएको गाउँपालिकाले जनाएको छ ।

विनियोजित रकम मध्ये शतप्रतिसत खर्च गर्नेमा झापाको कमल गाउँपालिका रहेको छ । गाउँपालिकाले पुँजिगत खर्च तर्फ विनियोजन गरेको ११ करोड ४४ लाख ३ हजार रुपैया शत प्रतिशत खर्च भएको जनाएको छ ।

गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख भएका कार्यक्रम अन्तरगत कृषि विकास कार्यक्रम, पशु विकास, सडकको स्तर उन्नती तथा कालो पत्रे, महिला तथा वालवालिका, खानेपानी सुधार, विद्ययालय योजना पुल तथा कल्भट लक्षित वर्गको लगायतका कार्यक्रममा विनियोजित रकम शतप्रतिशत खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज ढकालले जानकारी दिए ।

त्यसै गरी इलामको चुलाचुली गाउँपालिकाले पनि विनियोजत रकम मध्ये ७५ प्रतिशत मात्र खर्च भएको जनाएको छ । गाउँपालिकाले पुजिगत खर्चतर्फ १३ करोड भन्दा वढी रकम विनियोजित गरेपनि विनियोजित रकम खर्च हुन नसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल खतिवडाले जानकारी दिए ।

विनियोजित रकम खर्च नहुनुमा गाउँपालिकाको भवन निर्माणका लागी छुट्याईएको रकमले भवन निर्माणका लागि अपुग हुने भएकोले सो रकम यो वर्ष खर्च नभएको र अर्को तर्फ वर्षातका कारण गाउँसभाबाट पारित योजना पुराहुन नसकेकोले पनि विनियोजित रकम खर्च नभएको अधिकृत खतिवडाले बताए ।

त्यसैगरी झापाको शिवसताक्षी नगरपालिकाले विनियोजित गरेको पुँजिगत तर्फ २७ करोड ३० लाख ५७ हजार रकम शतप्रतिशत खर्च भएको नगरपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत प्रकाश चौधरीले जानकारी दिए । नगरपालिकाले चालु खर्च तर्फको ३८ करोड ६८ लाख मध्ये शिक्षा र स्वस्थ्य तर्फको ४५ लाख रुपेया खर्च हुन बाँकी रहेको समेत चौधरीले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *