पोखरा प्रिमियर लिग क्रिकेटको उपाधि चितवनलाई
Published:
by .पोखरा । पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलको उपाधि चितवन राईनोजले जितेको छ । फाईनलमा विराटनगर टाईटन्सलाई ३२ रनले हराउदै चितवनले दोस्रो संस्करणको उपाधि आफ्नो नाममा लेखाएको हो । समुहचरणमा पनि शत प्रतिशत नतिजा निकालेको चितवन प्रतियोगिताभर अपराजित रह्यो ।
चितवनले दिएको २ सय ३ रनको उच्च लक्ष्य पछ्याउने क्रममा विराटनगरले ७ विकेट गुमाएर १ सय ७० रन मात्र बनाउन सक्यो । महम्मद जेईद आलमले ५७, कप्तान प्रदिप ऐरीले ३६ रन बनाएपनि टोलीलाई जितसम्म पुर्याउन सकेनन् । पुनित मेहेराले ३२ र नोमान खानले १८ रन बनाए ।
चितवनका करण केसीले ३, सन्नी पटेलले २ तथा रोहन मुस्तफाले समान एक विकेट लिए । विराटनगरका एक ब्याट्सम्यान रनआउट भएका थिए ।
यसअघि पोखरा रंगशालामा टस जितेको विराटनगरले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको चितवनले निर्धारित ओभरमा ५ विकेट गुमाएर २ सय २ रनको बिशाल योगफल तयार पारेको थियो ।
अनिल कुमार शाह र रोहन मुस्तफाले समान ५० रन बनाएको चितवनको ईनिङमा रोहन कप्तान पारस खडड्काले २५ र आरिफ शेखले १९ रन बनाए । करण केसी २६ र सन्नी पटेल १६ रनमा अबिजित रहे ।
विराटनगरका पुनित मेहेरा र महम्मद जेईदले समान २ तथा किशोर महत्तोले एक विकेट लिए । जितसंगै चितवनले २७ लाख रुपैया हात पार्यो । विराटनगरले १० लाख रुपैयामा चिक्त बुझायो ।
Comments