Sajhamanch Archive

सुन्दर साकोसको छैटौं साधारण सभा सम्पन्न

Published: (Updated: ) in राष्ट्रिय समाचार, सहकारी by .

बिर्तामोड । बिर्तामोडस्थित सुन्दर बचत तथा ऋण सहकारी संस्थाको छैटौं साधारण सभा आज जामुनखाडीमा सम्पन्न भएको छ ।

झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकालको प्रमुख आतिथ्यमा आयोजित साधारणसभामा संस्थाका अध्यक्ष उत्तम खनालले सञ्चालक समितिको तर्फबाट वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका दिए ।

प्रतिवेदनमा संस्थाले गत आर्थिक वर्षमा १ करोड ५३ लाख २ हजार ५१३ रुपैयाँको वासलात बनाएको उल्लेख छ । १ हजार २९८ जना शेयर सदस्य रहेको संस्थामा हालको शेयर पूँजी ४९लाख ३ हजार ५०० रुपैयाँ रहेको छ ।

संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष खनालले संस्थाको आगामी वर्षको प्रस्तावित नीति तथा कार्यक्रमहरु समेत उल्लेख गरेका थिए ।

साधारणसभाको उद्घाटन समारोहमा असल ऋणीका रुपमा शारदा राई ,साधारण बचततर्फ यामा हाउसका सञ्चाललक डम्बर ढुङ्गेल,ज्येष्ठ शेयर सदस्यका रुपमा तिलरुपा अधिकारी,क्रमिक बचतकर्ताका रुपमा युत्सब ओझालाई सम्मान गरिएको कार्यक्रममा उत्कृष्ट बाल बचतकर्ता रुपमा शिबानी लिम्बू र एस.ई .ई मा उत्कृष्ट अङक ल्याउने दर्पण पोखरेललाई सम्मानित गरिएको थियोे ।

यसैगरी सो कार्यक्रममा कर्जा समिति संयोजक देवीप्रसाद सङग्रौला,कर्जा समितिका सदस्य ध्र्रवकुमार शर्मालाई सम्मान गरिएको थियो भने उत्कृष्ट कर्मचारीका रुपमा संस्थाका व्यवस्थापक दुर्गा खनाल र सह- व्यवस्थापक रविना गुरागाईलाई सम्मानित गरिएको थियो ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि झापा जिल्ला सहकारी संघका सचिव ढकालले संसारका विकसित तथा दरबिलो अर्थतन्त्र भएका मुलुकहरुको जग भनेकै सहकारी हो,सहकारी भनेको तल्लो वर्ग देखि माथिल्लो वर्ग हुने खाने र हुँदा खानेको बिचमा पुलको काम गरेकाले सहकारीमा बचत गर्नु आजको पहिलो आवश्यकता रहेको बताए ।

ढकालले गत साल हजुरहरुले के सपना देख्नु भएको थियो र के,कति पूरा भयो त्यसलाई पक्कै पनि बन्द सत्रमा बृहत छ्लफल गरेर संस्थालाई मजबुत दिशामा अघि बढाउन आग्रह गरे ।

सो कार्यक्रममा पुर्णिामा साकोसका अध्यक्ष छविलाल विश्वकर्मा र संस्थाका लेखा समिति सदस्य लक्ष्मीप्रसाद गौतमले आ -आफ्ना धारणा राखेका थिए ।

संस्थाका उपाध्यक्ष विष्णुकुमारी सिलवालले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव प्रेमप्रसाद पोखरेलले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *