Sajhamanch Archive

इजिप्टमा भएको सवारी दुर्घटनामा २८ मजदुरको मृत्यु

Published: in विविधा, विश्व समाचार by .

काठमाडौं । इजिप्टमा भएको सवारी दुर्घटनामा २८ जनाको मृत्यु भएको छ । राजधानीका दुई छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा मजदुरहरुको मृत्यु भएको समाचारमा जनाइएको छ ।

एक मिनी बस र मजदुर बोकेको ट्रक एक आपसमा ठोक्किँदा २२ जनाको घटनास्थलमै र अन्यको उपचारका क्रममा मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

दुर्घटनाको कारण भने स्पष्ट नभएको अधिकारीहरुले जनाएका छन् । ट्रकले मिनी बसलाई ठक्कर दिएपछि दुर्घटना भएको प्रत्यक्षदर्शीलाई उध्रित गर्दै समाचार एजेन्सीहरुले जनाएका छन् ।

मृतकहरुमध्ये दुई जना मलेसियन महिला र एक भारतीय नागसिरक पनि रहेको बताइएको छ । इजिप्टमा हरेक वर्ष सवारी दुर्घटनामा परेर कयौ सर्वसाधारणको मृत्यु हुने गरेको छ ।

सन् २०१८ मा मात्र आठ हजार भन्दा बढीको सवारी साधन दुर्घटनामा परेर मृत्यु भएको थियो । अघिल्लो वर्ष एघार हजारले दुर्घटनामा ज्यान गुमाएका थिए । (एजेन्सी )

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *