कठ्याङ्ग्रीने चिसोमा न्यानो कपडा वितरण, विद्यार्थीहरु खुसिले दंग
Published: (Updated: )
by .बिर्तामोड। बिर्तामोड नगर क्षेत्रका बालबालिका कठ्याङ्ग्रीने चिसोमा न्यानो कपडा पाएर आफैमा दंग छन। सामाजिक अभियान्ताहरुको आर्थिक सहयोग र बिर्तामोड नगरपालिकाको समन्वयमा सामुदायिक बिद्यालयका विद्यार्थीहरुलाई स्विटर तथा टोपी बितरण झापा बिर्तामोडबाट बितरण सुरु गरिए संगै अभियानले सार्थकता पाएको हो।
गत सोमबारबाट वितरण शुरु गरिएको कार्यक्रमबाट बिर्तामोडका ७ वटा बिद्यालयमा बितरण गरिएको छ।१ हजार विद्यार्थी लाई बितरण गर्ने लक्ष्य लिईएको अभियानमा हाल सम्म ७ सय ५० जना लाई बितरण गरिएको संयोजक सरोज पौडेलले बताए । बिर्तामोड मात्र नभएर झापाका विभिन्न सामुदायिक बिद्यालयमा कार्यक्रम पुर्याउने समितिका कोषाध्यक्ष तथा वडा नम्बर २ का सदस्य किशोर पौडेलले जानकारी दिए ।
स्थानिय तथा व्यावसायीहरुको आर्थिक सहयोग जुट्न थाले पछि गरिबीले पिल्सिएका बालबालिकाले न्यानो महसुस गरेका छन सदस्य केशब ढुंगाना सुनाउछन् ।
न्यानो कपडा बितरण गर्दै कार्यक्रमका प्रमुख अतिथी,प्रतिनिधि सभामा अन्तरास्ट्रिय सम्बन्ध समितीका सभापति पबित्रा निरौला खरेलले आफ्नो क्षेत्रमा युवाहरुको कार्यबाट आगामी दिनमा योजना निर्माण गर्न सहज भएलो बताइन्।
यस्तै सांसद खरेलले अहिलेको राजनैनिक रुपमा विकास निर्माण भएकाले ध्यान नपुगेका ठाउँमा आफ्नो ध्यानाकर्षण भएको बताइन् ।कार्यक्रममा बोल्दै बिर्तामोड नगरपालिका उप- प्रमुख पबित्रा महतरा प्रसाईंले बिर्तामोड लाई बालमैत्री बाताबरण निर्माण गर्न आवश्यक पहल गर्ने र विशेष योजनाका साथ अगाडि बढाउने बताईन।
सोहि कार्यक्रममा जिल्ला सहकारी संघका संचालक कृष्ण मिश्र ,बिर्तामोड ४ क वडा सदस्य राहुल शर्मा,अनारमनी आधारभूत बिद्यालयका प्र. अ टंक कट्वाल, अनु गौतम ठकुरी ,श्री सिटौला , यादव प्रसाद खतिवडा लगायतले नगद ५ हजारका दरले संयोजक पौडेल लाई हस्तान्तरण समेत गरेका छन् ।
अनारमनी आधारभुत बिद्यालयका १ सय ३३ जना विद्यार्थी लाई न्यानो कपडा बितरण गरिएको किशोर पौडेलले बताए। समितिका संयोजक सरोज पौडेलको अध्यक्षता रहेको कार्यक्रममा सहयोगी दाताहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन सचीव अविरल कृष्ण खरेलले गरेका थिए । भने स्वागत टंक कट्वालले गरेका थिए ।
Comments