Sajhamanch Archive

कर्णाली साकोसको १९ औं साधारण सभा सम्पन्न

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by .

बिर्तामोड । झापा जिल्लाभर कार्य क्षेत्र रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाको १९ औं साधारण सभा आज बिर्तामोडमा सम्पन्न भएको छ ।

प्रदेश सभा सदस्य ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यमा आयोजित साधारणसभामा संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठले सञ्चालक समितिको तर्फबाट वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका दिए ।

प्रतिवेदनमा संस्थाले गत आर्थिक वर्षमा १ अर्ब ८५ करोड ५७ लाख ३९ हजार २९५ रुपैयाँको वासलात बनाएको उल्लेख छ । २९ हजार १९३ जना शेयर सदस्य रहेको संस्थामा हालको शेयर पूँजी २२ करोड ३६ लाख ८८ हजार ४०० रुपैयाँ रहेको छ ।

संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष श्रेष्ठले संस्थाको कोषमा जम्मा २५ करोड ९४ लाख २४ हजार १२२ रुपैयाँ रहेको सुनाउँदै, कर्णाली साकोसले सरकारले अघि सारेको ‘एक सदस्य, एक सहकारी’ अभियानलाई सफल पार्न संस्था संख्यात्मक भन्दा पनि गुणात्मक सदस्य बनाउने तर्फ अग्रसर भएको बताए ।

साधारण सभाको अवसरमा नवनिर्वाचित सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारी र सदस्यहरुलाई निर्वाचन समितिका संयोजक डिल्ली दाहालले पद तथा गोपनियताको सपथ ग्रहण गराउदै निर्वाचित भएको प्रमाण पत्र प्रदान गरेका थिए ।

साधारण सभाको अवसरमा संस्थाले विभिन्न समयमा विविध प्रकारको समस्या भोग्नु परेका सदस्यहरु तथा अशक्त व्यक्तिहरुलाई हौसला प्रदान गर्न राहत स्वरुप नगदसहित सम्मान गरेको छ ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य सरावगीले नेपालको सम्वृद्धि, विकास तथा तपाईं हाम्रो उन्नतिका लागि सहकारी अति आवश्यक रहेको जिकिर गरे तर्सथ सहकारी मार्फत हाम्रो दैनिक आवश्यकता पूरा गर्न सहज भएको बताए ।

सरावगीले बैंकबाट धेरै ऋण लिएको मैले अध्यक्षको प्रतिवेदनबाट सुने त्यसकारण बचतलाई वृद्धि गरेर ऋण घटाउनु होस् किनभने तपाईंले व्याजको पैसा पाउनु पर्ने नाफा भने बैंकले लगिरहेको छ, त्यसैले ऋणलाई आजै खुला सत्रमा घटाउने प्रतिवद्धता गर्न आग्रह गरे ।

सो कार्यक्रममा बिर्तामोड नगरपालिकाका नगर प्रमुख ध्रुर्वकुमार शिवाकोटी ,नेफ्सकुनका सञ्चालक घनश्याम अधिकारी, झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकाल, ईलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरिक्षक मोहन थापा लगायतले आ-आफ्ना धारणा राखेका थिए ।

संस्थाका उपाध्यक्ष इश्वरीप्रसाद खरेलले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव भूपाल बस्नेतले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *