Sajhamanch Archive

सूर्योदय दुग्ध उत्पादन सहकारीको साधारणसभा सम्पन्न

Published: (Updated: ) in राष्ट्रिय समाचार, सहकारी by .

बिर्तामोड । सूर्योदय दुग्ध उत्पादन सहकारी संस्थाको १६औं वार्षिक साधारणसभा आज बिर्तामोड सम्पन्न भएको छ ।

झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यमा आयोजित साधारणसभामा संस्थाका अध्यक्ष खगेन्द्रनाथ ढुंगानाले सञ्चालक समितिको तर्फबाट वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका दिए ।

प्रतिवेदनमा संस्थाले गत आर्थिक वर्षमा ५ करोड ७३ लाख ८३ हजार ६४८ रुपैयाँको वासलात बनाएको उल्लेख छ । ८२६ जना शेयर सदस्य रहेको संस्थामा हालको शेयर पूँजी २ करोड ११ लाख १७ हजार ५०० रुपैयाँ रहेको छ ।

संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ढुंङगानाले आगामी वर्ष कृषि, महिला उद्यम र साना लघुउद्योग तथा स्वरोजगारका क्षेत्रमा स्थानीय निकाय, सरोकारवालाहरु र अन्य सहकारी संस्थाहरु समेतको सहकार्यमा विशेष कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको बताए ।

साधारणसभाको उद्घाटन समारोहमा उत्कृष्ट बाल बचतकर्ता रुपमा आएसा सापकोटा, उत्कृष्ट उद्यमी मनिता चेम्जोङ्ग, असल कर्जा कारोबारीका रुपमा रेवतीरमण गड्तौलालाई सम्मान गरिएको थियो भने उत्कृष्ट बचतकर्ताका रुपमा पुर्णिमा चौधरीलाई सम्मानित गरिएको छ ।

त्यसैगरी ज्येष्ठ शेयर सदस्यका रुपमा छविरमण शर्मालाई सम्मान गरिएको कार्यक्रममा स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउने डाक्टर शरद भट्टराईलाई सम्मानित गरिएको छ ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि झापा जिल्ला सहकारी संघका अध्यक्ष ढकालले संस्थाको सुशासनका निमित्त चाहिने नितीहरु पनि प्रतिवेदनमा यति नितीहरु बनाएका छौं, पास गरेका छौं, कार्यान्वयन गर्दैछौं, यो वर्ष यति निती बनाउँदै /संशोधन गर्दैछौ भनेर उल्लेख गरेको भए राम्रो हुन्थ्यो भनेर सुझाव दिए ।

ढकालले सहकारीप्रति राज्यले राखेको अपेक्षा कृषि सम्बन्धि उत्पादन, बजारीकरण भए पनि सोचे अनुरुप सहकारीले कार्य गर्न नसकेको बताए ।

सो कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, बिर्तामोड नगरपालिका वडा नं ४ का वडाध्यक्ष कुलप्रसाद सङग्रौला, उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य उमेश डालमिया, उपभोक्ता मञ्च झापाका अध्यक्ष मदनगोपाल सुब्बा लगायतले आ–आफ्ना धारणा राखेका थिए ।

संस्थाका उपाध्यक्ष बद्रीप्रसाद भट्टराईले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव होमबहादुर कार्कीले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *