Sajhamanch Archive

एनसेल टावरमा आगजनी

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं.१६ पिलुवास्थित एनसेल टावरमा आगजनी भएको छ ।

गएराति करिब सवा १० बजेतिर अज्ञात समूहले टावरमा आगजनी गरेको हो ।

सो टावर सशस्त्र औद्योगिक सुरक्षा बलभन्दा करिब ३०० मिटर पूर्वमा पर्दछ ।

बारा प्रहरीले आगजनी कसले गरेको हो भन्ने नखुलेको र अनुसन्धान भइरहेको जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *