Sajhamanch Archive

‘एमसीसी’ संसदबाट अनुमोद हुन कसैले रोक्न नसक्ने : मन्त्री बाँस्कोटा

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

डोटी । नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अमेरिकी सरकारसँगको सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन ‘एमसीसी’ संसदबाट अनुमोद हुन कसैले रोक्न नसक्ने बताएका छन् ।

प्रेस संगठन, डडेल्धुरा शाखाकाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले भने, ‘कसैले चाहेर पनि अब एमसीसी फेल हुदैँन । सरकारले संसदमा पेश गर्छ, सिधै पास हुन्छ ।’

एमसीसीलाई राजनीतिक मुद्दा बनाउन नहुने भन्दै मन्त्री बाँस्कोटाले हाललाई एमसीसी संसदबाटै अनुमोदन गरे पनि सबै कुरालाई संसदबाट लैजान भने आवश्यक नरहेको उनले बताए ।

एमसीसीको सबै सूचकांक पार गरेर सन् २०११ को डिसेम्बरमा नेपाल ‘क्वालिफाइड’ भएको उनले बताए । एमसीसी र ‘इन्डो प्यासिफिक’बीच कुनै अन्तरसम्बन्ध नरहेको जिकिर गर्दै उनले थपे, ‘यी दुवै विषयलाई मिसाएर विवाद गरेर भ्रम सिर्जना गर्न खोजिएको छ ।

अमरगढी नगरपालिकाले आयोजना गरेको ‘गुम्न जाउँ अमरगढी’ अन्तर्गत भ्रमण वर्ष २०२० को उद्घाटन गर्न डडेल्धुरा सदरमुकाम पुगेका सरकार प्रवक्ता बाँस्कोटाले लिपुलेक, लिम्पियाधुरा नेपालकै भएको बताए ।

उनले विगतका तथ्यमाथि छानबिन हुने र लिम्पियाधुराको विवाद पनि साम्य हुने विश्वास व्यक्त गरे ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *