Sajhamanch Archive

कोहेडमा साइबर सुरक्षा तालिम

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

विर्तामोड । कोहेड कलेज विर्तामोडमा आज साइबर सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । क्यान फेडेरेशन झापा शाखाको आयोजना, इलाका प्रहरी कार्यालय बिर्तामोडको सह–आयोजना तथा गोमेन्द्र बहुमुखी महाविद्यालयको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी मोहनकुमार थापाले सामाजिक सञ्जालमा हुने आपराधिक घटना र कानुनी उपचारको बारेमा सहजीकरण गरेका थिए ।

डिएसपी थापाले फेसबुक मार्फत हुने आर्थिक अपराध, साइबर पोर्नोग्राफी, गैरकानुनी ढंगले अर्काको लेख प्रकाशित गर्ने, साइबर स्टाकिङ, जाली नोटको कारोबार, व्ल्याकमेल, यौन शोषण, बदलाको भावना र बेचविखन लगायतका विषयमा प्रहरी कार्यालयमा उजुरी आउने गरेको जानकारी दिंदै त्यस्ता गतिविधि गर्नेबाट सजग रहन सुझाव दिएका थिए ।

उक्त कार्यक्रमको दोस्रो भागमा सहजकर्ता क्यान झापा समितिका सदस्य तथा साइबर क्राइमका प्राविधिक विशेषज्ञ निरज अधिकारीले साइबर क्राइमका बारेमा प्रकाश पार्दै इन्टरनेटको माध्यमबाट हुने अपराध, सफ्टवेर ह्याकिङ, इमेल ह्याकिङ, फिसिङ्ग, भाईरस लगायत समार्ट उपकरण, मोबाईल आदिको सुरक्षा सुचना चोरीजस्ता समस्या र त्यसबाट बच्ने उपायका विषयमा सहजीकरण गरेका थिए ।

कार्यक्रममा गोमेन्द्र बहुमुखी महाविद्यालयका प्रमुख डा. रुपक खनालले कार्यक्रमको सुरुवात र औचित्यको बारेमा उपस्थितलाई जानकारी गराएका थिए । आफुहरु पुर्वमै पहिलो प्राविधिक कलेज भएको कारण पनि प्रविधिको प्रयोग र यसबाट हुनसक्ने नकारात्मक प्रभाब रोक्नको लागि सदैब अग्रसर रहने बताएका थिए ।

कार्यक्रममा क्यान माहासंघ झापाका सहसचिव रोशन बुढाथोकी, सदस्य चित्राङ्गद तिम्सिना, कोहेड कलेजका प्रमुख सहित, शिक्षक प्राध्यापक र विद्यार्थीको बाक्लो उपस्थिति थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *