Sajhamanch Archive

छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । छोरीले बाबुविरुद्ध पटकपटक बलात्कार गरेको उजुरी दिएपछि एक जना पक्राउ परेका छन् ।

काभ्रेको मण्डनदेउपुर घर भइ गोंगबु बस्ने ४० वर्षका व्यक्ति पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी उमेश लम्सालका अनुसार पक्राउ पर्ने व्यक्तिविरुद्ध करणीसम्बन्धी कसूरमा अनुसन्धान गर्न बुधबार ७ दिन म्याद थपिएको छ । जिल्ला अदालत, काठमाडौंले म्याद दिएसँगै प्रहरीले एक साता उनलाई हिरासतमा राखेर कसूरमाथि अनुसन्धान गर्नेछ ।

बुबाको आमासँग राम्रो सम्बन्ध छैन भने २२ वर्षीया छोरी बाबुसँग डेरामा बस्दै आएकी थिइन् । बुबा ज्याला मजदुरी गर्छन् । तीन पटक बुबाले आफूमाथि करणी गरेको जाहेरीमा उल्लेख छ । सोमबार आफन्तसहित आएर उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ र स्वास्थ्य परीक्षण गरेको थियो ।

अनुसन्धान अधिकृतहरुले बुबाले कसूर स्वीकार्दै माफी मागेको बताएको छन् ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *