सय करोड क्लबमा अक्षय र करिनाको ‘गुड न्यूज’
Published: (Updated: )
by .बलिउडलाई डिसेम्बर महिना सुखद देखिएको छ । गएको बर्षको डिसेम्बर महिनामा रिलिज भएका २ चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गरेका छन् । दुबै चलचित्र सयकरोड क्लबमा प्रवेश पनि गरेका छन् ।
डिसेम्बर २० मा रिलिज भएको नायक सलमान खान अभिनित चलचित्र ‘दबंग ३’ले बक्स अफिसमा १४० करोडको व्यापार गरिसकेको छ । तर, यो चलचित्र सुपरहिट भने हुन सकेन । यस्तै, डिसेम्बर २७ तारिखबाट रिलिज भएको चलचित्र ‘गुड न्यूज’ पनि सय करोड क्लबमा प्रवेश गरेको छ ।
रिलिज भएको छैटौ दिनमा चलचित्रले सय करोडको आँकडा पार गरेको हो । चलचित्रले वुधबार नयाँ बर्षको बिदाको दिन भारतीय बक्स अफिसमा २२.५० करोडको व्यापार गरेको छ । चलचित्रले शुक्रबार १७. ५६ करोड, शनिबार २१.७८ करोड, आइतबार २५.६५ करोड, सोमबार १३.४१ करोड, मंगलबार १६.२० करोड र वुधबार २२.५० करोडको व्यापार गर्यो । योसँगै चलचित्रको व्यापार ६ दिनमा ११७ करोड पुगेको छ ।
नायक अक्षय कुमार अभिनित यो पन्ध्रौ चलचित्र हो, जसले सय करोडको व्यापार गर्न सफल भयो । चलचित्रमा करिना कपुर, कियरा आडवाणी लगायतका कलाकारको मुख्य भूमिका छ । करण जोहरको निर्माणमा तयार भएको यो चलचित्रले सन्तान प्राप्तीका लागि दौडिएका २ जोडीको कथा भन्छ ।
Comments