Sajhamanch Archive

निलको खुल्दुली विमोचन

Published: in शिक्षा by .

भद्रपुर । उपन्यासकार पवन निलको पहिलो उपन्यास खुल्दुली विमोचन गरिएको छ ।

प्राध्यापक डाक्टर गोपाल भण्डारी, भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठ, महाकाव्यकार रोहिणीविलास लुइटेलले सम्युक्त रूपमा चन्द्रगढीमा एक कार्यक्रमका बीच उपन्यासको विमोचन गरेका हुन् ।

समालोचक राजेन्द्र प्रसाईले उपन्यासको समीक्षा गर्दै समाज प्रेम र द्वन्द्व बीचको सन्तुलन भएको प्रष्ट्याए । उनले उपन्यासले नेपाली समाजलाई रौं चिरा गर्न सकेकोमा उपन्यासकारको प्रसंशा गरे ।

लेखनाथ पुस्तकालय चन्द्रगढीको आयोजनामा आयोजित कार्यक्रममा झापाली महाकाव्यकारहरूलाई सम्मान समेत गरिएको थियो । यसरी सम्मानित हुनेमा महाकाव्यकार गोविन्द घिमिरे, सोमराज अभय, हरिप्रसाद न्यौपाने, कोमलप्रसाद पोखरेल, रघुनाथ रिमाल, मित्रप्रसाद दाहाल, गोपाल संग्रोला, ज्ञानराज सुवेदी, डम्बर घिमिरे, यादवप्रसाद अधिकारी, मोहन भण्डारी रहेका छन् ।

पुस्तकालयका अध्यक्ष नवराज घिमिरेको अध्यक्षता तथा साहित्यकार प्रा. डा. गोपाल भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा साहित्यकार पुण्यप्रसाद खरेल, तारा विविध लगायतले मन्तव्य राखेका थिए । विभिन्न कवि कवयत्रीहरूले आ आफ्ना कविता रचना वाचन गरेका थिए । पुस्तकालयका सचिव हरिकिशोर आचार्यले स्वागत गरेको कार्यक्रमको औचित्यमाथि प्रकाश शुक्रवारे कार्यक्रम संयोजक सहप्राध्यापक होम सुवेदीले गरेका थिए भने सञ्चालन खगीन्द्रा खुसीले गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *