Sajhamanch Archive

प्रहरी प्रमुख भट्टराईविरुद्ध अदालतमा अवहेलनाको मुद्दा दर्ता

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनक भट्टराईविरुद्ध दाङ देउखुरी जिल्ला अदालतमा अदालतको अवहेलनाको मुद्धा दर्ता भएको छ ।

विप्लव समूहका नेता कार्यकर्तालाई अदालतले धरौटीमा छोड्न आदेश दिएपछि धरौटी बुझाउने क्रममा लछारपछार गर्दै फेरि गिरफ्तार गरेको भन्दै प्रहरी प्रमुख भट्टराई र जिल्ला प्रहरी कार्यालयविरुद्ध अवहेलनाको मुद्धा दर्ता भएको हो ।

घोराही १६ की शिबा बोहरा, घोराही १७ की छिमा पुन, तुलसीपुर १२ की सीता ओली र लमही ३ का उमिरलाल चौधरीले अदालतले धरौटीमा छोडेका व्यक्तिलाई नियन्त्रणमा लिने कार्यले अदालतको अवहेलना भएको भन्दै प्रहरीविरुद्ध मुद्धा दर्ता गराएका हुन् ।

विप्लव समूहका नेताहरु तिलक पुन, एकराज चौधरी, धनबहादुर बोहरा र कुलबहादुर ओलीलाई अदालतले जनही १५ हजार रुपैयाँका दरले धरौटीमा छोड्न आदेश दिएको र प्रहरीले मुद्दा दर्ता कक्षमै अमानवीय ढंगले नियन्त्रणमा लिँदा अदालतको अवहेलना भएकोले कारबाहीको माग गरिएको छ ।

निवेदनमा अवहेलना गर्नेहरुमाथि एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना माग गरिएको छ ।

गएको असोज ३० गते विप्लव समूहका २१ जना नेताहरुलाई पक्राउ गरिएको थियो । अदालतले पुस ७ गते जनही १५ हजारका दरले धरौटी माग भएको तर फेरि पक्राउ पर्ने भएपछि उनीहरु कारागार गएका थिए ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *