नवोदयले सुरु गर्यो बुधवारे शाखाबाट बचत तथा ऋणको कारोवार
Published: (Updated: )
by .कमल । झापाको कमल गाउँपालिकामा मुख्य कार्यालय रहेको श्री नवोदय बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडले शनिबार बुधवारे शाखाबाट बचत तथा ऋण कारोवारको विधिवत रुपमा सञ्चालनमा ल्याएको छ ।
२०५५ सालमा स्थापना भएको रहकारीले जिल्लाभर सन्चालनमा आएका ८ ओटा शाखा मध्ये अन्य शाखामा यस अघि नै सञ्चालनमा आएको संस्थाले जनाएको छ ।
कार्यक्रम प्रमुख अतिथी बुद्ध शान्ति उद्योग वाणिज्य संघका अध्यक्ष रुद्र चापागाईले कार्यक्रमको उद्घाटन पछि आफ्नो मन्तव्यका क्रममा सहकारीले सदस्यको भावना अनुसार कामगरे मात्र सदस्यको मन जित्न सफल हुने बताए ।
संस्थाका अध्यक्ष शरण कुमार पराजुलीले संस्थाको हाल सम्मको गतिविधी र सेवा सुविधाका बारेमा जानकारी गराएका थिए ।
सहकारी र लघुवित्त गरी दुईवटा कार्यक्रम मार्फत सदस्य विच कारोवार गर्दै आएको सहकारीले २०७२ साल बैशाख १ गते बाट बुधवारेमा लघुवित्ततर्फ कार्यक्रम सन्चालन गरिरहेको संस्थाका व्यवस्थाक फणिन्द्र बहादुर कार्कीले वानकारी दिए ।
बुधवारे सेवा केन्द्र अन्तरगत हालसम्म १ हजार १ सय ६१ जना सदस्य रहेका छन । उनीहरुवबाट हालसम्ममा ६५ लाख ५४ हजार ३ सय रुपैया शेयर रकम जम्मा भएको छ । सदस्यबाट १ करोड ६२ लाख ८६ हजार ४९० रुपैया बचत संकलन भएको छ भने लगानी तर्फ ३ करोड ५६ लाख ७४ हजार ४६१ रुपैया रहेको व्यवस्थापक कार्कीले जानकारी दिए ।
सस्थाले प्रदान गर्ने सेवा अन्तरगत बुधवारे शाखामा सदस्य मृत्यु सुविधा बापत ७९ लाख ४हजार ४ सय रुपैया, पतिको मृत्यु सुविधा ५ लाख ७ हजार ६८० रुपैया सदस्यलाई औषधी उपचार बापत १६ हजार ५ सय, प्रसुति सुविधा १ लाख ४१ हजार आवास सुविधा ४ हजार रुपैया वितरण गरेको सस्थाले जनाएको ।
सेवाकेन्द्र सन्चालक समितिका संयोजक खगेन्द्र बारकोटीको अध्यक्षतामा भएको कार्यक्रममा हातेमालो सहकारी सस्थाका अध्यक्ष गोविन्द पौडेल, बुधवारे वातावरण संरक्षण समितिका अध्यक्ष भिम निरौला सेवाकेन्द्र सन्चालक समितिका सदस्य मनमाया पाठक लगायतले शुभकामना मन्तव्य राखेका थिए भने लेखा समिती संयोजक डम्बर पौडेलले स्वागत मन्तव्य राखेका थिए । सस्थाका कर्मचारी रविन सुव्बाले कार्यक्रम सन्चालन गरेका थिए ।
Comments