Sajhamanch Archive

नेकपाले केन्द्रीय कमिटी बैठक तीन हप्ता पर सायो

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको बैठक झण्डै एक महिना पर सारिएको छ ।

आज बिहान प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले आउँदो बुधबारका लागि बोलाइएको बैठक माघ १५ गतेका लागि सारेको हो ।

राष्ट्रिय सभाको चुनावको तयारीमा जुट्नुपर्ने भन्दै बैठक सारिएको नेकपाले जनाएको हो ।

आजको सचिवालय बैठकमा सभामुखको सम्बन्धमा पनि छलफल हुन सकेन ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *