Sajhamanch Archive

दुई जना फरार प्रतिवादी पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

पर्सा । पर्सा प्रहरीले कर्तव्य ज्यान मुद्धा र जवरजस्ती करणी मुद्धाका फरार दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सखुवाप्रसौनी गाउँपालिका वडा नंं.८ का ५० वर्षीय दरौगा मिया धुनिया र छिपहरमाई गाउँपालिका वडा नंं.५ का ४५ वर्षीय दिनेश प्रसाद साह कानु रहेका छन् ।

धुनियालाई कर्तव्य ज्यान मुद्धामा जिल्ला अदालत पर्साले २०७६ जेष्ठ १४ गते १० बर्ष कैद सजाय सुनाएको थियो भने कानुलाई ०७२ साल माघ १८ गते जबरजस्ती करणी मुद्धामा ६ वर्ष ११ महिना १५ दिन कैद सजाय सुनाएको थियो ।

गाउँघरमै लुकीछिपी बसेको अवस्थामा दुबै जनालाई शनिबार नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि आइतबार जिल्ला अदालत पर्सामा पठाइएको प्रहरीले जनाएको छ ।

 

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *