Sajhamanch Archive

प्रदेश १ मा राष्ट्रियसभा सदस्यको उमेदवारी दर्ता

Published: (Updated: ) in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार by .

विराटनगर । प्रदेश १ बाट राष्ट्रिय सभा सदस्यमा प्रतिनिधित्व गर्ने उमेदवारले आज मनोनयन दर्ता गराएका छन् ।

नेकपा र कांग्रेसका उमेदवारले छुट्टाछुटै समूहमा विराटनगरस्थित निर्वाचन कार्यालय पुगेर मनोनयन दर्ता गराए ।

नेकपाको पाञ्चालीस्थित कार्यालयबाट उमेदवारसहित निस्किएको ¥याली सबैभन्दा पहिले क्षेत्रीय निर्वाचन कार्यालयमा अवस्थित राष्ट्रिय सभा सदस्य निर्वाचनको कार्यालय पुगेको थियो । नेकपाले झापाका देवेन्द्र दाहाल, मोरङका गोपी अछामी र सुनसरीकी इन्दु गौतमलाई उमेदवार बनाएको छ । तीनै जनाले आज एकैसाथ मनोनयन दर्ता गराएका छन् ।

नेपालीले कांग्रेसले झापाका राजेन्द्रकुमार घिमिरे, पाँचथरका नीरबहादुर विक र सुनसरी धरानकी मीनापुलामी मगरलाई उमेदवार बनाएको छ ।

प्रदेश १ बाट राष्ट्रिय सभामा रिक्त भएको दलित एक, महिला एक र अन्य एक गरी तीन सदस्यका लागि वीरेन्द्र सभागृहमा मतदान हुनेछ । निर्वाचनमा स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रदेशसभाका सांसद मतदाता छन् ।

उनीहरूको मतभार भने फरकफरक छ । तहका प्रमुख र उपप्रमुखको १८ र प्रदेश सांसदको मतभार ४८ हुनेछ । १ नम्बर प्रदेशमा ९३ जना सांसद र एक सय ३७ स्थानीय तह छन् ।

स्थानीय तहका प्रमुख र उप्रमुखसहित २ सय ७४ गरी ३ सय ६७ जना मतदाता हुने छन् । दुवैतर्फको गरी प्रदेशमा कुल मतभार भने ९ हजार ३ सय ९६ हुनेछ ।

यो प्रदेशमा नेकपा एमाले मात्रैले ५५ प्रतिशत मत सुरक्षित छ । तत्कालीन एकीकृत नेकपा माओवादीको जोड्दा नेकपाको मात्रै कुल मतभार ६७ प्रतिशत पुग्छ । माओवादीका प्रमुख, उपप्रमुख १६ र प्रदेश सांसद १६ सहित उनीहरूको कुल मतभार १ हजार ५६ छ । दुवै दलको जोड्दा कुल मतभार ६ हजार २ सय ५८ हुन आउँछ ।

नेपाली कांग्रेसका प्रदेश नम्बर १ मा स्थानीय तहमा प्रमुख र उपप्रमुख गरी ६८ र प्रदेश सांसद २१ जना छन् । जसको कुल मतभार २ हजार २ सय ३२ पुग्छ ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *