नवोदयले आफ्ना सदस्यलाई वितरण गर्यो करोड बढीेको सुविधा
Published: (Updated: )
by .कमल । श्री नवोदय बहुद्देश्यीय सहकारी संस्था लिमिटेडले आइतबार एक कार्यक्रमका बिच जिवन प्रदान कोष अन्तरगत अध्यावधिक सुविधा प्रदान गरेको छ ।
सदस्य स्वयम वा सदस्यको परिवारको मृत्यु पछि काजक्रिया खर्च वापतको रकम अन्तरगत सस्थाका सदस्य विरध्वज विष्टकी आमा मनमाया विष्टको मृत्यु भएको आइतबार ९ औं दिनको पुण्य तिथीमा विष्टको घरमा पुगेर समवेदना पत्र सहित नगद ५ हजार रुपैया प्रदान गरिएको सस्थाका व्यस्थापक फणिन्द्र बाहादुर कार्कीले जानकारी दिए ।
संस्थाको नीति अनुसार सदस्य स्वयमको मृत्युहुँदा २० हजार, सदस्यको पति वा पत्निको मृत्युहँुदा रु १० हजार, आमा वुवाको मृत्युहँुदा रु ५ हजार र सदस्यका छोरा छोरी र एका घरपरिवारका सदस्यको मृत्युहँदा रु जनहि २ हजारका दरले वढीमा ४० हजार रुपैया सम्म प्रदान गरिने संस्थाले जनाएको छ । लघुवित्त तर्फका सदस्यहरुले लिएको कर्जा सदस्य स्वयम र सदस्यको श्रीमानको मृत्युहुँदा सदस्यले लिएको सबै कर्जा मिनाहा हुने सस्थाका अध्यक्ष शरणकुमार पराजुलीले जानकारी दिए ।
हाल सम्ममा अध्यावधिक सुविधा अन्तरगत २ लाख भन्दा वदी रकम वितरण गरेको सस्थाले जनाएको छ ।
त्यसैगरी सस्थाले १ हजार ८ सय भन्दा बढी सदस्यलाई जिवन प्रदान कोष अन्तरगत जेष्ठ नागरिक सदस्यलाई दशै खर्च,प्रसुति सुविधा, नवदुलही स्वागत, प्राकृतिक विपत्ति, गम्भिर प्रकृतिको रुोग लागेका औषधी उपचार खर्च समेतगरी हाल सम्ममा रु १ करोड भन्दा बढी रकमको सुविधा वितरण गरिएको व्यवस्थापक कार्कीले जानकारी दिए ।
Comments