Sajhamanch Archive

अण्डा र पिठोको युद्ध लड्ने अनौठो परम्परा

Published: in लोकप्रिय, विविधा, विश्व समाचार by .

निकै अनौठा खालका पर्व तथा परम्पराहरुका लागि युरोपेली मुलुक स्पेन चर्चित छ । केही दिनअघि मात्र स्पेनको एलकान्टे प्रान्तस्थित इबी सहरमा २ सय वर्ष पूरानो पिठो युद्ध फेस्टिबल मनाइयो ।

उक्त पर्वका क्रममा मानिसहरुले एक अर्कामा कुहेका अण्डा, गहुँको पिठो तथा रङ र पटका समेत राखेर एक अर्कालाई हिर्काए । हरेक वर्ष २८ सेप्टेम्बरमा मनाउने गरिएको उक्त पर्वलाई प्रेम र मित्रताको लडाइँको प्रतिकका रुपमा लिइन्छ । यो पर्वमा बिहान ८ बजेदेखि युद्ध सुरु हुन्छ र दिउसो झण्डै २ बजेसम्म चलिरहन्छ ।

उक्त पर्वका क्रममा यस पटक २२ हजार भन्दा धेरै अण्डा र करीब १३ टन पिठो फ्याँकिएको बताइएको छ । रोचक कुरा त के भने यो युद्धमा सहरका हरेक बासिन्दाले भाग लिनु पर्दछ । यदि कोही मानिस यसमा सहभागी नभएमा नियम उल्लंघन गरेको मानिन्छ र जरिवाना तिराइन्छ । त्यसरी जरिवाना बापत प्राप्त रकम कल्याणकारी कार्यमा खर्च गरिन्छ ।

यसपटकको फेस्टिबलमा केवल स्पेनी मात्र होइन जापान, दक्षिण कोरिया, बेलायतलगायतका १२ देशका पर्यटकहरु समेत सामेल भए ।स्मरण रहोस् स्पेनमा हरेक वर्ष हुने ला टोमाटिना अर्थात् गोलभेँडा युद्ध पर्व समेत विश्वभर चर्चित छ । (एजेन्सी)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *