विचार चौतारीको उद्घोषण तालिम सम्पन्न
Published: (Updated: )
by .सहरेडाँगी । विचार चौतारी युवा क्लब मेचीनगरले आयोजना गरेको तीन दिवसीय उद्घोषण तालिम आज सम्पन्न भएको छ ।
मेचीनगर नगरपालिका वडा नं १२ को विशेष सहयोगमा सहरेडाँगीमा आयोजित तालिममा ५० जनाको सहभागीता रहेको संस्थाका महासचिव उमेश खतिवडाले जानकारी दिए ।
कार्यक्रम संयोजक विशाल अधिकारीको अध्यक्षतामा भएको तालिम समापनमा प्रमुख अतिथि मेचीनगर नगरपालिका वडा नं १२ का वडाध्यक्ष नरेन्द्र धिमालले सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।
उक्त तालिमको सहजीकरण नेपाल जेसिजका राष्ट्रिय प्रशिक्षक हरिकृष्ण भण्डारीले गरेका थिए । तालिममा डरको व्यवस्थापन , उद्घोषणका सम्पुर्ण प्रकारका विषयबस्तुका विषयमा ज्ञान, वाक् कला लगायतका उत्प्रेरणामुलक सामाग्री प्रस्तुत गरेका थिए ।
समापनका अवसरमा तालिममा सहभागी मध्येबाट निशान कोइराला र सरु खनालले आ-आफ्ना सिकाइ मन्तव्य राखेका थिए ।संस्थाका नीति संयोजक उत्सव भट्टराईले उद्घोषण तालिम सञ्चालन गर्नुका उद्देश्यका बारेमा प्रष्ट पारेका थिए ।
तालिम समापनका अवसरमा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथी धिमालले समाजलाई परिवर्तन गर्न उद्घोषण तालिम अति नै आवश्यक रहेको जिकिर गरे साथै उनले तालिममा सिकेका कुराहरू दैनिक जिवनमा प्रयोग गरेर आफूलाई सफल बनाउन आग्रह गरे ।
सो अवसरमा विचार चौतारी युवा क्लबका सल्लाहकार भुपेन्द्र न्यौपाने, झापा जिल्ला लघु उद्यम समुह संघका अध्यक्ष निर्मला भण्डारी, चारआली साना सहरी खानेपानीका सचिव मधुसूदन निरौला र समाजसेवी केशव संजेल लगायतले आ-आफ्ना धारणा राखेका थिए ।
संस्थाका उपाध्यक्ष शिक्षा घिमिरेले मन्तव्यबाट स्वागत गरेको समापन कार्यक्रमको सञ्चालन महासचिव उमेश खतिवडाले गरेका थिए ।
Comments